सम्पर्कविहीन १९ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

nepal-police-headquater-nakxal

तातोखबर, काठमाडौं / नेपाल प्रहरीले गैरहाजिर रहेका आफ्ना १९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।

Advertisement:nepal-police-headquater-nakxal

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूलाई बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र हाजिर हुन आउन निर्देशन गरेको छ ।

हाजिर हुन नआउनेलाई प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी पनि कार्यालयले दिएको छ।

nepal-police-notice

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application