लेभरकुसेनलाई पराजित गर्दै एटलान्टा युरोपा लिगको च्याम्पियन

Eurpoa_champain

यस सिजन अपराजित जर्मन क्लब बायर लेभरकुसेनलाई पराजित गर्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ ।

डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३-० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे ।

Advertisement:Eurpoa_champain

पहिलोपल्ट फाइनल पुगेको अवसरमै एटलान्टाले उपाधि चुम्न सफल भएको हो। यता, पहिलोपल्ट नै युरोपा लिगको फाइनल खेलेको लिभरकुसन भने उपाधिबाट वञ्चित बन्यो ।

एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो। २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो। जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ ।

प्रतिक्रिया दिनुहोस् :