कांग्रेसले शुक्रवार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने

congress-andolan

तातोखबर, काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले जानकारी दिए ।

उनले शुक्रवार कांग्रेसले काठमाडौँ केन्द्रित संघर्ष गर्ने र सहकारीका विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए ।

Advertisement:congress-andolan

उनले पार्टीलाई स्थानीयस्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको पनि बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पुर्याउन नसकेको जिकिर पनि गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको जसलेजसले नेतृत्व गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे यता यो नेतृत्वले कांग्रेसलाई ठिक ठाउँमा पुर्याउन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application