सिरोहिया कान्तिपुरकै कार्यालयबाट पक्राउ, रविमाथि कान्तिपुरको आरोप

तातोखबर, काठमाडौँ / नागरिकता किर्तेसम्बन्धी आरोपमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरकै कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका थिए । उनले वकिलसँगै जान पाउनुपर्ने र त्यो कुरा हस्ताक्षरित कागजमा उल्लेख हुनुपर्ने अडान राखेपछि केहीबेर विवाद समेत भएको थियो ।
नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको थियो ।
कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वमा टोली खटिएको थियो । पक्राउपछि उनलाई आजै धनुषा पठाइने जनाइएको छ ।
उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । अनुमति पाएको केही घण्टामै पक्राउ गरिएको हो। यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो । सोही घटनाको अनुसन्धानका लागि उनि पक्राउ परेका हुन् ।
गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटक-पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउनेकान्तिपुरको आरोप छ ।
राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने सिरोहियाले कान्तिपुर मार्फत बताएका छन् ।
सहकारी ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस