राष्ट्रियसभा राजनीतिक समस्या समाधान गर्ने थलोका रूपमा स्थापित हुनुपर्ने : दाहाल

narayan-dahahal-rasriya-sabha

काठमाडौं / राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा राजनीतिक समस्या समाधान गर्ने थलोका रूपमा स्थापित हुनुपर्ने बताएका छन्।

अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रियसभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए।

Advertisement:narayan-dahahal-rasriya-sabha

“समस्या समाधानका लागि राष्ट्रियसभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ। त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भने।

सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरे पछि बैठक स्थगित भएको थियो ।

उनले महत्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरे। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेपछि अध्यक्ष दाहालले आजको बैठक स्थगन गरे।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १:१५ बजे बस्ने गरी स्थगित भएको छ। नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application