कांग्रेस संसदीय दलको आकस्मिक बैठक जारी

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।
नयाँबानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिनका लागि संसदीय समिति बनाउने माग गर्दै आएको छ। संसदीय समिति बनाउने विषयमा सहमति भइसके पनि त्यसो टिओआरका विषयमा कुरा नमिल्दा कांग्रेसले सदन चल्न नदिएको हो।
बैठकले पार्टीको भावी रणनीति तय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस