आवश्यक परे १०-१२ पटक विश्वासको मत लिन्छु : प्रधानमन्त्री

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अहिले गरेको संसद अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरेका छन् ।
कांग्रेसलाई आफूले पटक पटक सहयोग गरेको तर संविधानअनुसार आफूले विश्वासको मत लिने बेला अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्ने क्रममै कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
विश्वासको मत पाएर संसद भवनबाट बाहिरिँदै गर्दा संचारकर्मीले कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘आउँदो चुनावमा कांग्रेसले देख्छ ।’
उनले नेपालमा मात्र होइन विश्वमै रेकर्ड बनेको भन्दै आवश्यक परे १०-१२ पटक विश्वासको मत लिने पनि बताए ।
‘नेपालमा मात्र होइन विश्वकै रेकर्ड बनेको छ। आवश्यक पर्यो भने १०-१२ वटा विश्वासको मत लिन्छु’ उनले भने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस