युरोप भ्रमणमा रहेकी रन्जु यादवको फिनल्याण्डमा पनि मिथिला चित्रकला प्रदर्शनी

काठमाडौँ, जेठ ७ / युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो ।
प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन् ।
जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन् ।
नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो । त्यसपछि बर्लिनको नेपाली दूतावासमा पनि एक दिनका लागि उनका चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।
यस्तै, जेठ ११ र १२ गते डेनमार्कको राजधानी कोपनहेगनमा उनको दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । त्यसलाई डेनमार्कस्थित नेपाली दुतावास, एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा आयोजना गरेको थियो ।
त्यसअघि एनआएनए डेनमार्कले आयोजना गरेको एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकलाई मिथिला चित्र बनाउन सिकाएकी थिइन् ।
राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित चित्रकार यादव युरोपका तीन देशमा एकल चित्रकला प्रदर्शनी सम्पन्न गरेर र पाँच देशको भ्रमण सकेर जेठ ८ गते मंगलबार स्वदेश फर्किंदैछिन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस