वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने : उपाध्यक्ष विष्णुप्रसाद पौडेल

bishnu-paudel-CPN-UML

तातोखबर, काठमाडौं / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

Advertisement:bishnu-paudel-CPN-UML

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गरे । उनले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए ।

त्यस अवसरमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे ।

‘म सम्माननीय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाललाई अग्रिम रुपमा बधाई भन्न चाहन्छु-तपाईंले हिजोभन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यु तपाईं दह्रो कदमका साथ अघि बढ्नुहोला । सिंगो सदनको तपाईंलाई साथ हुनेछ । सिंगो राष्ट्रको साथ हुनेछ । उनले भने, ‘आम नेपालीले साथ दिनेछन् । र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ । यही विश्वासका साथमा नेकपा एमाले लगायत सरकारमा सहभागी सबै राजनीतिक दलहरूको तर्फबाट विश्वासको मत प्रदान गरिने ब्यहोरा अनुरोध गर्दछु ।’

उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गरे । उनले सरकार ढाल्न रचिएका माकुराको जालोजस्तो च्यातिएको उनले टिप्पणी गरे। सरकार बदल्ने खालका प्रयास पर्दाभित्रबाट भएको भन्दै उनले यो सरकार थप सशक्त भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application