सबैको गन्तव्य राष्ट्रनिर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन कांग्रेससहितका प्रतिपक्ष दलहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरका हुन् ।
उनले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे । उनले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभई सक्रिय विश्वासको मत चाहिएको बताए ।
उनले भने, ‘म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप मान्छु । संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि यहाँहरूको प्रतिवद्धता माग्छु। नागरिक राज्यसँग ठोकिने सबै बिन्दुमा शासकीय सुधारका लागि म कृतसंकल्पित छु, त्यसमा संसदको सहयोग माग्छु, उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप माग्छु। निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो संख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास माग्छु। प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनोस् ।’
प्रधानमन्त्री दाहालले कांग्रेसले विरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप गरेको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस