४५ दशमलव ६९ अङ्कले बढ्यो नेप्से , सवा ५ अर्ब बराबरको कारोबार

जेठ ६, काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४५ दशमलव ६९ अङ्कले बढेर २ हजार ६४ दशमलव ४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको प्रभाव पुँजीबजारमा देखिएको हो ।
आज ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा ५ अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४ दशमलव ३८ र निर्जीवन बीमा समूह ३ दशमलव ८१ प्रतिशतले बढेको छ ।
चारवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ करोड ८० लाख ८३ हजार २५७ रुपैयाँ बराबर कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फण्ड-२ को ४ लाख २१ हजार २०७ कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस