छानबिन समितिको टिओआर नटुंगिँदा संसद् बैठक फेरी अनिश्चित

काठमाडौं / सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर (कार्यादेश)को विषय नटुंगिएसम्म संसद् बैठक नचलाउन विपक्षी मोर्चाले सभामुख समक्ष आग्रह गरेको छ। यस प्रकरणमा  मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको मोर्चाले सदन सञ्चालनका लागि टिओटार टुंगिनैपर्ने सर्त अघि सारेको हो।

विपक्षी मोर्चाको बैठकका निर्णय सुनाउन सभामुखको कार्यकक्षमा पुगेका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो आग्रह गरेका सभामुखको सचिवालयले जानकारी दिएको छ।

Advertisement:

सिंहदरबारमा छानविन समिति गठनसम्बन्धी कार्यदलले टिओआरमा सहमति जुटाउने प्रयास गरिरहेको छ। कार्यदलमा सहमति जुटाउनका लागि सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्र कार्की लगायतका नेताहरू सिंहदरबार पुगेका छन्।

विपक्षी मोर्चाको उक्त आग्रहसँगै बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् बैठक अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस् :