कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं / संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग आज छलफल गर्दै छन्।
हिजो गर्ने भनिएको छलफल प्रधानमन्त्रीको व्यस्ताताका कारण बैठक आज बिहानलाई सारिएको हो।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ
समस्या समाधानका लागि मध्यमार्गी उपायको खोजीका लागि प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्न लागेका हुन्। शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक कांग्रेसकै आग्रहमा आइतबारका लागि सार्न सत्तापक्ष तयार भएको थियो । राष्ट्रिय सभा बैठकमा कांग्रेसले अवरोध गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस