सिंहदरबारमा ओली, प्रचण्ड र रवि लामिछानेबीच छलफल जारी

kp-prachand-oli

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्री निवास सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ।

Advertisement:kp-prachand-oli

यता सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकबीच छलफल जारी राख्दा विपक्षी दलको संयुक्त बैठक पनि चलिरहेको छ।  आज बिहान ११ बजे बोलाइएको संसदको बैठक अझै सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application