आईपीएल : पञ्जावसँग राजस्थान पराजित

काठमाडौं / इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई पञ्जाब किंग्सले पराजित गरेको छ।
हिजोराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्टायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ्स खेले ।
यस्तै राईली रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे। राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २(२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।
त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर क्याडमोरले समान १८ रन बनाए ।
पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २(२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए । यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ ।
प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ। आईपीएलमा आज सनराईजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस