मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली पर्वतारोहीको मृत्यु

काठमाडौँ / मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ।
संखुवासभा जिल्लामा रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली पर्वतारोही ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
मकालु गाउँपालिका-२ स्थित मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार ३५० मिटरको उचाइमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक विरामी परे पछि उनलाई ८ हजार १२० मिटरमा झार्ने क्रममा आज विहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताए।
मकालु शिखरतर्फ गइरहेका वेला फ्रान्सेली पर्वतारोहीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गाइडले तल झार्ने क्रममा मृत्यु भएको नोवी होराइजन ट्रेक्स एक्स्पिडिशनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले जानकारी दिए ।
मृतक पर्वतारोहीको शव निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ। फ्रान्सेली पर्वतारोही जोनीको शव हेलिकप्टरमार्फत काठमाडौँ लग्ने तयारी भइरहेको भण्डारीले बताए।
उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा रहेको छ।
एक साताअघि मकालु आरोहण गरी ओर्लने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको पनि मृत्यु भएको थियो।
मकालु विश्वको पाँचौँ अग्लो हिमाल हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस