नेपाललाई अझ माथि पुर्याउने प्रयत्न गर्ने छु : क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ / उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीप लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताएका छन् ।
उच्च अदालत पाटन नजिक उनले समर्थकमाझ यस्तो बताएका हुन् । उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्याएको हो, त्यसभन्दा पनि माथि पुर्याउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।
उनले भने ‘पहिलो दिनदेखिनै निर्दोष छु भनेर भनिरहेको छु, अन्ततः यहाँसम्म आइसकेका छौँ। जिल्ला अदालतको फैसला पनि सम्मान गरेकै हुँ, आजको फैसलाको पनि सम्मान नै गर्छु। मलाई साथ दिने सबैप्रति आभारी छु। आगामी दिनमा नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, त्यसभन्दा माथि पुर्याउने प्रयत्न गर्ने छु।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस