दिल्लीले लखनऊलाई हराउँदा राजस्थान प्ले अफमा पुग्यो

काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ ।
अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले लखनऊलाई हराएको हो ।
दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो ।
जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ ।
राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ । यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ । यसैगरी सनराइजर्स हैदरबादको समान १४ अंक हुँदा उसले २ खेल खेल्न बाँकी छ । लखनऊको १२ अंक छ र उसको एक खेल बाँकी छ। कलकता नाइट राइडर्स भने १८ अकका साथ यस अघि नै प्ले अफमा पुगिसकेको छ ।
प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र पञ्जाब किङ्स भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस