हेटौंडामा दुई पत्रकारमाथि वडाध्यक्ष खड्काको दुर्व्यवहार

hetauda-press-reporter-ward-security

तातोखबर, हेटौंडा / समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुुगेका प्रदेश सञ्चार डटकमकी संवाददाता मन्जु मैनाली र सौर्य दैनिकका संवाददाता छवि अनित्यमाथि हेटौंडा उपमहानगरपालिका -१४ नम्बर वडाका अध्यक्ष दीपक खड्काले दुर्व्यवहार गरेका छन् ।

वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन मंगलबार वडा कार्यालय पुुगेका सञ्चारकर्मीहरुलाई वडा अध्यक्ष खड्काले गाली गलौच गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् । पत्रकारमाथि वडाका जनप्रतिनिधिले नै दुर्व्यवहार गरेको भन्दै सञ्चार सम्वद्ध संघसंस्थाले ध्यानाकर्षण जनाएका छन् ।

Advertisement:hetauda-press-reporter-ward-security

नेपाल पत्रकार महासंघ मकवानपुर र प्रेस युनियन मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडाध्यक्ष खड्काको व्यवहारप्रति आपत्ति जनाएका हुन् । ‘समाचार संकलनका क्रममा प्रतिक्रिया लिन वडा कार्यालय पुुगेका सञ्चारकर्मीहरुलाई वडा अध्यक्ष खड्काले अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेकोप्रति महासंघ घोर भत्सना गर्दछ ।’ महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ–‘प्रेस तथा वाक स्वतन्त्रताको रक्षाप्रति सचेत र कटिवद्ध हुन स्थानीय सरकार र जनप्रतिनिधिलाई यसै विज्ञप्तिमार्फत् ध्यानाकर्षणसमेत गराउँदछौँं ।’ स्वतन्त्र प्रेसप्रतिको कुनै पनि किसिमको हस्तक्षेप पत्रकार महासंघलाई स्वीकार्य नभएको भन्दै घटनाप्रति आत्मालोचना गरी माफी माग्दै आगामी दिनमा यस्ता कार्य नगर्न वडाध्यक्ष खड्कालाई महासंघले चेतावनी दिएको छ ।

प्रकाशित समाचार सामाग्रीप्रति कुनै गुनासो या समस्या भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार तथा गाली गलौजमा उत्रनु निन्दनीय भएको नेपाल प्रेस युनियन मकवानपुका सचिव बलराम पुडासैनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मीलाई सहज वातावरणमा समाचार संकलनको वातावरण बनाउन महासंघ सम्बन्धित सबैमा युनियनले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application