कांग्रेसले गर्यो संसद अवरुद्ध , अर्को बैठक बिहीबार बस्ने

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसले आज फेरि संसद अवरुद्ध गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपश्चात् बसेको संसदको दोस्रो बैठक पछि अवरुद्ध गरेको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दाका लागि मात्रै कांग्रेसले संसद चल्न दिने बताएको थियो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको उसले कार्यसूची भने अघि बढ्न नदिएको हो। नीति कार्यक्रम प्रस्तुत सकिएपछि साँझ ६ बजे बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका कार्यसूची राखिएको थियो।
बैठकको सुरुमै कांग्रेस सांसदहरु उठेर नाराबाजीमा उत्रिएपछि सभामुखले कार्यसूचीका विषय हटाएर बैठक स्थगित गरे।
अर्को बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु