नीति तथा कार्यक्रम : प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने

तातोखबर, काठमाडौँ / सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बतताए।
उनले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए।
त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरिने पनि उनले बताए। त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार अपराध र राजश्व चुहावट नियन्त्रण गरिने सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस