रिटर्न शून्य भएका आयोजनाहरूमा लगानी गर्न नहुने : डा.स्वर्णिम वाग्ले

dr-swarnim-Wagle

तातोखबर काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले कर्जा प्रवाह रोक,मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको समग्र अर्थतन्त्रमा शिथिलता आएको जिकिर गरेका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारणले असहजता आएको दाबी गरे। उनले राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सीमा,बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असर रहेको उल्लेख गरे। उनले बजारमा मागको कमी करिब १० लाख नेपाली युवाहरू विदेश पलायन भएकाले अर्थतन्त्रमा असर परेको बताए।

Advertisement:dr-swarnim-Wagle

उनले अनौपचारिक तथ्याङ्क हेर्दा पनि  ल्यापटपको बिक्री,कस्मेटिक्सको बिक्री समेत कम भइरहेको दाबी गरे। उनले माइक्रो स्तरमा हेर्‍यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको बताए। उनले राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरू परम्परागत नै रहेको बताए। उनले सहकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँध्ने,कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको भन्दै अब समस्या समाधानको बाटोमा जान आवश्यक रहेको भन्दै आफू सुरुवाती दिनदेखि समाधानमा केन्द्रित भएको बताए।

उनले विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर भएपनि सार्वजनिक वित्तको चाप रहेको बताए। उनले राजश्व १४ सय २२ अर्ब उठाउने भनेकोमा अहिले ८२० मात्रै भएको भन्दै १ हजार माथि पुग्न मुस्किल रहेको बताए। उनले आगामी बजेट २२ खर्बको ल्याउने प्रधानमन्त्रीले भने पनि हिसाब नमिल्ने धारणा राखे। उनले आगामी बजेट अब टेडिसनल फ्रेर्मवर्क भन्दा बाहिरका फाइनान्सहरू स्रोतहरूमा जानुपर्ने आवश्यकता रहेको बताए।

उनले डोजरे विकासबाट रिटर्न शून्य भएका आयोजनाहरूमा लगानी गर्न नहुने बताए। उहाँले राष्ट्र बैंकले अध्ययन गरेर स्टेवल फण्ड बनाउने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application