गगन थापा र रमेश लेखक बिहानै वालुवाटारमा

gagan-kumar-thapa

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका  लागि नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्ने क्रमलाई निरन्तरता दिएका छन्।

उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ।

Advertisement:gagan-kumar-thapa

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन्।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ।

सरकारको नीति तथा कार्यक्रम संघीय प्रस्तुत गर्न संघीय संसदका दुवै सदनको  संयुक्त बैठक आज अपरान्ह दिउँसो ३ बजे बस्दैछ। उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।

त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक आज बिहान ९ बजे बस्दैछ। त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग संवादमा बसेका हुन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application