डेरी एसोसिएसन बागमती प्रदेशका सचिव घिमिरे सम्मानित

शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट व्यक्तीहरूको उपस्थितिमा आयोजना भएको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरे सम्मानित भएका हुन् ।
सामाजिक कार्यमा सक्रिय घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव ,काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् ।
सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस