हमासले बन्धक रिहा गरे युद्धविराम हुने : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरे पछिमात्रै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने ताजा प्रतिक्रिया दिएका छन् ।
सियाटलमा एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए । उनले रफाहमा इजरायलको गरेको आक्रमणको विरोध समेत गरे।
बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए।
हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाइ हमला गरेका थिए। यो हमलामा एक हजार १७० भन्दा बढी मानिस मारिएका थिए। त्यतिवेला २५० जनालाई अपहरण गरी गाजापट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् ।
इजरायलको जवाफी हमलामा गाजामा अहिलेसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। तर हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस