एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्ने

काठमाडौं / नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक आज आइतबार पनि बस्ने भएको छ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । शनिबार शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको उनले बताए।
शुक्रबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए। यस्तै महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।
पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने कार्यसूची रहेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस