आजको राष्ट्रिय सभा बैठकमा यस्तो छ कार्यसूची

तातोखबर, काठमाडौं / राष्ट्रिय सभाको बैठक आज  दिउँसो २ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश जारी गरेका थिए।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application