आरसिबिको पञ्जाब विरुद्ध शानदार जित

तातोखबर / इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति टस हारेर पहिले ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गर्न सफल भएको थियो ।
आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाउन सफल भए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।
पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिएका थिए ।
जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।
आरसिबिका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए ।
जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अंक पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ ।
आईपिएलमा शुक्रवार हुने खेलमा गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु