राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको मोडालिटी परिवर्तन गर्नुपर्छ : शिक्षामन्त्री

sumana-shrestha-rsp-mantri

तातोखबर, काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शैक्षिक सुधार कार्यक्रम राजनीतिक पहुँचका आधारमा वितरण गरिएको बताएकी छिन् । जसकारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई स्थगित गरिएको जानकारी दिइन्।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका विद्यालय भवन र आइसिटी ल्यावहरु राजनीतिक पहुँचका आधारमा वितरण गर्ने गरिएकाले सो कार्यक्रम रोक्नुपरेको बताइन्।

Advertisement:sumana-shrestha-rsp-mantri

उनले आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचको आधारमा कार्यक्रम वितरण गरिएको अवस्था रहेको बताइन् । उनले संरचना बनाउनका लागि पैसा पठाएर मात्रै नहुने भन्दै प्रतिफल आए-नआएको सम्बन्धमा अध्ययन गर्न आवश्यक रहेको जिकिर गरिन् ।

उनले मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको पैसा भूकम्प प्रभावित ठाउँहरुमा पठाउन लागेपनि प्रक्रिया लामो लाग्ने हुँदा पठाउन नसकिएको पनि बताइन्।

उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको मोडालिटी नै परिवर्तन गर्नुपर्ने बताइन्। मन्त्री श्रेष्ठले विद्यालय भवनहरु ठेक्का प्रणालीमार्फत् बनाउनु नै गलत भएको बताइन्। उनले एक दातृ निकायको सहयोगमा दुई हजार वटा कक्षाकोठा बनाइने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application