पेमेन्ट गेटवे काण्डमा विशेष अदालतबाट आयो फैसला, दोषी पौडललाई ९ वर्ष कैद र सबा २३ करोडभन्दा बढि जरिवाना

काठमाडौं, २५ बैशाख / नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पेमेन्ट गेटवे काण्डमा विशेष अदालतबाट फैसला सुनाईएको छ । विशेष अदालतबाट पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको हो ।
विशेष अदालतबाट दोषी ठहरिएका उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुलीको सजायँ तोकेको अदालतद्वारा जानकारी दिईएको छ । अख्तियार अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज सजाय निर्धारण विशेष अदालतका अधिकारीहरुले बताएका छन् ।
सुनिल पौडले नेपाल टेलिकममा कार्यरत रहदा पदको दुरुपयोग गरेको र आयव्ययको सन्तुलन नदेखिएको भन्दै छानविन गरी दोष ठहरिएको भन्दै उनीविरुद्ध २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
नेपाल टेलिकमको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहदा टेलिकमका विभिन्न निकायहरूमा आवश्यक सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिएको र विदेशी बैंकमा रकम जम्मा गर्नुका साथै स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस