नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद फैसला

lamboder-neupane

तातोखबर, काठमाडौँ / सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई आदलतले तीन वर्ष कैदको फैसला भएको छ। विशेष अदालतले आज न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवानाको हुने फैसला सुनाएको छ ।

न्यौपानेलाई १२ करोड ८४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको मुद्दामा अदालतले गत चैत २५ गते दोषी ठहर गरेको थियो । अदालतले बिगोको दोब्बर (२५ करोड ६९ लाख ७५ हजार) जरिवाना तोकेको हो।

Advertisement:lamboder-neupane

यस्तै वन्यजन्तु तस्करीको आरोपमा दोषी ठहर भएका कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतले आज उनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि वैशाख २७ गतेको पेशी तोकेको छ।

उनको वैध आय र व्ययको विवरण हेर्दा ६७ लाख ६५ हजार ३८८ रुपैयाँ अवैध सम्पत्ति भएको खुलेको छ। तामाङमाथि सम्पत्ति शुद्धिकरणको कसुरसहित फौजदारी कसुरमासमेत सजाय निर्धारण गर्नुपर्ने कारण देखाउँदै अदालतले सजाय निर्धारणको लागि अर्को पेशी तोकिएको छ ।

उनले वन्यजन्तुको अखेटोपहार ओसारपोसारसमेत गरी अकुत सम्पत्ति कमाएको देखिन आएको न्यायधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application