राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर भएको छ।
अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध उक्त अभियोगसहितको मुद्दा दायर गरेका हुन्, जसमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाईसमेत समेटिएको छ ।
ट्रम्पले सन् २०२० को निर्वाचनमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडमासमेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी जनताको ध्यान भंग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। उनको प्रतिद्वन्द्वकी रूपमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस