विद्युतीय सवारीको प्रयोगसँगै पेट्रोलियम पदार्थको खपतमा कमी

petrol-price-low

बैशाख २५, काठमाडौं / हाल बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ ।  डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको छ ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल ४ प्रतिशत, मट्टितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो। पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्यांक छ।

Advertisement:petrol-price-low

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा डिजेलको माग कम हुँदा खपतमा कमी आएको जानकारी दिए । विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणका काम तीव्र गतिमा विस्तार नहुँदा डिजेलको खपतमा कमी आएको उनको भनाइ छ। ग्यासको खपतमा समेत कमी आएको छ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो। ग्यासमा भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो पर्ने हुँदा पछिल्लो समय  ग्राहकहरू विद्युतीय चुलोको बढी प्रयोग गर्ने गरेका छन्। विद्युतीय चुलोको प्रयोग छिटो छरितो हुने गर्दा पनि धेरैको भन्सारमा यसको प्रयोग हुने गर्छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको नौ महिनामा दुई खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो।

विभागका अनुसार नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँको डिजेल आयात भएको छ। यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application