आजकाे मौसम : देशका धेरैजसाे स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

rain-nepal-tatokhabar

ताताेखबर, काठमाडौं / भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेकाे छ।

हाल कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement:rain-nepal-tatokhabar

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :