पराजय व्यहोर्नुको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने : रास्वपा

Mukul-Dhakal

ताताेखबर, काठमाडौं / इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार साँझ बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए। उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए।

Advertisement:Mukul-Dhakal

उनले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए। उनले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए। इलामका जनताले घण्टी नबजाईकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पनि पार्टीले निकालेको छ।

उनले भने, ‘आजको बैठकमा हामीले निर्वाचनको बारेमा समीक्षा गरेका छौँ। समीक्षापछि कहाँनेर गल्ती भयो। हामीले नेपाली जनतामा जुन आशा गरेका थियौँ। त्यो आशा जगाउने हाम्रो आशालाई जगाइराख्न र हामीले भन्दै आएको ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरुका बारेमा पार्टीगत रुपमा कहाँ कर कसरी कमजोरी गरेका छौँ। पार्टी संगठनको अवस्था अबको दिनमा के हुने ? पार्टी संगठनको आकार, मोडल, पार्टीले लिनुपर्ने धारणाको बारेमा समग्र समीक्षा गर्न पार्टीले मलाई महामन्त्रीको रुमपा सम्पूर्ण पार्टी सदस्यहरुको भावना, सुझाव बुझ्नका लागि आगामी जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको छ।’

पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गरिएको बताए।

प्रतिक्रिया दिनुहोस् :