NTC App - Ad

विद्यालय भवनकाे उद्घाटनका लागि प्रधानमन्त्री आज सर्लाही जाने

Prachanda

ताताेखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार सर्लाही जाने भएका छन्।

बलरा नगरपालिका-८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम तय भएकाे छ।

Advertisement:Prachanda

बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ । गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले  त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :