विद्यालय भवनकाे उद्घाटनका लागि प्रधानमन्त्री आज सर्लाही जाने

ताताेखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार सर्लाही जाने भएका छन्।
बलरा नगरपालिका-८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम तय भएकाे छ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ । गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस