आईसीसी क्रिकेटको विश्व वरीयतामा नेपालको स्थान खस्कियाे

ताताेखबर, काठमाडौं / आईसीसी क्रिकेटको विश्व वरीयतामा नेपालको स्थान खस्किएको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयता क्रममा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको छ ।
यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।
एकदिवसीयतर्फकाे वरीयतामा नेपालको दुई स्थान खस्किएको छ । यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा पुगेकाे छ।
टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थान कब्जा गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस