बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न राष्ट्रपति पौडेल सुनसरी जाँदै

तातोखबर, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी जान लागेका हुन्।

वराहक्षेत्र–१ कुम्भ नगरी चतरामा बिहान ११ः५० बजे हुने उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। कुम्भ मेला स्थलमा राष्ट्रपति पौडेलले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ।

Advertisement:

आजै राष्ट्रपति पौडेलले चतरामा रहेको श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना गर्ने र जगद्गुरु पीठको मलद्वारमा रहेको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए। राष्ट्रपति पौडेलले आचार्य श्रीखेमराज केशव शरण स्मृति भवनको समुद्घाटन कार्यक्रम समेत रहेको छ।

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटनसँगै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आजदेखि सुरु भएर आगामी वैशाख २८ गतेसम्म चल्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलाई नागरिकका तर्फबाट अभिनन्दन पत्रद्वारा नागरिक अभिनन्दन गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस् :