राप्रपाको आज काठमाडौँमा प्रदर्शन

तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ।
सरकार समक्ष राखेका ४० बुँदे माग पूरा गराउन जनदबाब सृजना गर्ने उद्देश्यसाथ राप्रपाले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागेको हो।
भृकुटीमण्डपबाट हुने प्रदर्शन काठमाडौंका विभिन्न ठाउँको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ।
राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिस उतार्ने दाबी गरेको छ। राप्रपाले संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ।
अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकार प्राप्त स्थानीय तह बनाउनुपर्ने लगायत ४० बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको थियो।
तर सरकारले माग सम्बोधन नगरेको भन्दै राप्रपाले दबाब स्वरुप प्रदर्शन गर्न लागेको हो। प्रदर्शन शान्तिपूर्ण हुने तर रोक्न खोजे निषेधित क्षेत्र तोडेर अघि बढ्ने अध्यक्ष राजेन्द्र लिङ्देनको चेतावनी छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु