पूर्वराजा ज्ञानेन्द्र शाहको जुम्लामा नागरिक अभिनन्दन

तातोखबर, जुम्ला / आज पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेकोछ। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्। एकदिने जुम्ला बसाईको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
जुम्ला भ्रमणको चाँजोपाँजो राप्रपा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले मिलाएका हुन्। जुम्लासहित कर्णाली प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी पूर्वराजा ज्ञानेन्द्र परिवार वैशाख २ गते काठमाडौँ फर्किने कार्यक्रम तय छ। पूर्वराजा ज्ञानेन्द्रको परिवारले नयाँ वर्ष २०८१ नेपालगन्जमा मनाउने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस