विगतका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

Bancharedanda-fohor

तातोखबर, नुवाकोट / विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोट र धादिङ सिमानाका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनमा अवरोध पुर्‍याएका छन् ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट-धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको हो ।

Advertisement:Bancharedanda-fohor

समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाएको बताए।

शनिबार बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमति कार्यान्वयन र नयाँ माग सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहोर फाल्न दिँदैनौँ’, उनले भने।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५०० टन फोहोर विर्सजन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application