विराट गोल्डकपको उपाधिका लागि भिडन्त, मच्छिन्द्र र मोरङ एफए भिड्दै

birat-gold-cup

तातोखबर, काठमाडौं / आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्दैछन्।

खेल शहीद रंगशालामा साँझ पौने ६ बजेबाट शुरु हुनेछ ।

Advertisement:birat-gold-cup

बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १-० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो।

सशस्त्र प्रहरी बलको  विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङले मच्छिन्द्रसँगको भेट पक्का गरेको हो।

उपाधि विजेता टोलीलेविजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application