काठमाडौंका सम्पदा स्थलको जानकारी क्यूआर मार्फत पढ्न र सुन्न सकिने

kumari-che-QR

तातोखबर, काठमाडौं महानगर/ काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्यूआर (क्वीक रेस्पोन्स) कोड राखेको छ।

सांस्कृतिक सम्पदाहरुको बारेमा अरुलाई चिनाउँदा प्राचीन, पुरातात्त्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरूलाई जोगाउन क्यूआर कोडको प्रयोग थालिएको हो ।

Advertisement:kumari-che-QR

बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरेकी हुन्।

जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ । ​

क्यूआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्यूआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्द्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधिमार्फत हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।

क्यूआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application