धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रे सुरु

तातोखबर, कैलाली / धनगढी-खुटिया-बीपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि शुरु गरेको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। यो सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए।
धनगढी-स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ।
आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ। धनगढी-स्याउले सडक खण्डमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस