मध्यपहाडी लोकमार्ग : तीन वर्षमा हुनुपर्ने कालोपत्र आठ वर्षमा पनि पूरा भएन

बागलुङ / राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बागलुङ-पूर्वी रुकुम सडक निर्माण अधुरै छ। निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका- १ रूपगासम्मको १३ किलोमिटर सडक निर्माणको काम पूरा हुन नसकेको हो।
२०७३ जेठमा सडक कालोपत्र गर्न सम्झौता भएको थियो। अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए। २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो।
इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ। अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यसयता निर्माण कम्पनीले काम नगरेको उनले बताए। म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउँछन्। सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो।
बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ। सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ। सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका- १ का पृथमान गुरुङले बताए। ‘यो सडक खुलेको धैरै वर्ष भयो। अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन। धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्’, उनले भने। – (रासस)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस