सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Mukhyamntri-pradesh

तातोखबर, प्रदेश / सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्।

माओवादीले दिएको समर्थन फिर्ता भएपछि सुदूरपश्चिमका कमलबहादुर शाहले आज  विश्वासका मत लिन लागेका हुन्। गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

Advertisement:Mukhyamntri-pradesh

समर्थन दिएको राजनीतिक दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। विश्वासको मतको लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ। विश्वासको मत नपाए कांग्रेस नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशमा ढल्ने छ ।

आज  प्रदेश सभा बैठकमा शाहले बहुमत पाउने सम्भावना न्यून रहेको  छ। नागरिक उन्मुक्ति पार्टी भित्रको विवादका कारण उनले विश्वासको मत पाउने स्थिति बनेको छैन । त्यसैले आज प्रदेश सभामा उनको राजीनामा सम्भावना पनि त्यतिकै हुनेछ।

प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। कूल ५२ सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ।  नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यले मत दिँदा पनि शाहलाई बहुमत पुग्दैन। त्यसका लागि राप्रपाका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यले पनि मत दिनु पर्छ।

नागरिक उन्मुक्ति पार्टी भित्र चरम विवाद छ। सो पार्टीका सात जना प्रदेश सभा सदस्य मध्ये एक जनालाई कारबाही गरेर प्रदेश सभा सदस्यबाट हटाएको पत्र सभामुख समक्ष पुगिसकेको छ।  सभामुखले सो पत्र कार्यान्वयनमा ल्याएमा समानुपातिक तर्फबाट निर्वाचित ती प्रदेश सभा सदस्यको पद जाने छ।

बाँकी ६ जना मध्ये दुई जना पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा छन्।  चार जना भने पार्टीका संरक्षक रेशम चौधरीको पक्षमा रहेका छन्।

पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्। तर प्रदेश सभा संसदीय दलका सचेतकले भने मुख्यमन्त्रीलाई मतदान गर्न ह्विप जारी गरेका छन्।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदछन्।  लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुईपटक दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रदेशसभाको बैठक अपराह्न ४ बजे बोलाइएको छ।  गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए।

हाल कांग्रेस, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत सरकारमा छन्। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, सभामुखबाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन्।

तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन्। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक रएकजना सांसद छन् यस्तै एकजना स्वतन्त्र सांसद छन्।

केन्द्रको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ। माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application