आर्सनल शीर्षमा फर्किँदा फोडेनको ह्याट्रिकमा सिटीको शानदार जित

तातोखबर, काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दावेदार रहेका आर्सनल र म्यानचेस्टर सिटी आ-आफ्ना खेलमा विजयी भएका छन्।

गएराति भएको खेलमा आर्सनलले लुटन टाउनलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किदा सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको हो ।

Advertisement:

स्टार खेलाडी बुकायो साकाबिना मैदानमा उत्रिएको आर्सनलले घरेलु मैदानमा पहिलो हाफमै गरेको दुई गोल उसको जितमा निर्णायक बन्यो। आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४ औं मिनेटमा अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा लुटनका जापानी डिफेन्डर डाइकी हासिओकाले आत्मघाती गोल गर्दा आर्सनल २–० को अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन। जितसँगै आर्सनल लिभरपुलको खेल अघिसम्म शीर्ष स्थानमा रहन सफल भयो। आर्सनलको ३० खेलबाट ६८ अंक भएको छ।

गएराति नै भएको खेलमा सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गर्‍यो। सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे। ११ औं मिनेटमा रोड्रीको गोलमार्फत अग्रता बनाएको सिटीविरुद्ध भिल्लाले २० औं मिनेटमा बराबरी गोल गरेको थियो। तर फोडेनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टिमलाई अग्रता दिलाए।

पहिलो हाफमा २–१ को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो। फोडेनले रोड्रिकै पासमा ६२ औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। ६९ औं मिनेटमा फोडेनले ह्याट्रिक पूरा गर्दै टिमको जित पक्का गरेका थिए।

सिटी सिटी ३० खेलबाट लिभरपुल ६७ अंकका साथ तेस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा रहेको छ। आज लिभरपुले सेफिल्ड युनाइटेडसँग खेल्दैछ।

गएराति नै भएको खेलमा ब्रेनफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application