बञ्चरेडाँडाका प्रभावितसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलनले गम्भिररूप लिने : केसी

तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग सरकारले पटक-पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समितिसँग यथाशिघ्र वार्ता गरी समस्या समाधान गर्न आग्रह गरे।
उनले सरकारले सहमतिको बाटो निकाल्न नसकेमा आन्दोलन गम्भीर रुपमा अगाडि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु