कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले राजीनामा दिए

Rajkumar_Sharma_karnali_pradesh

तातोखबर, सुर्खेत / कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

केन्द्रमा बनेको सत्ता गठबन्धनले गरेको सहमतिअनुसार उनी कर्णाली प्रदेशको नेतृत्व छाड्न बाध्य भएका हुन्। केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए।

Advertisement:Rajkumar_Sharma_karnali_pradesh

यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा मुख्यमन्त्री शर्मा थिए। निरन्तरको केन्द्रको दबाबपछि उनले राजीनामा दिएका हुन्। उनको राजीनामासँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि समय तोकेर आह्‍वान गर्नेछन्। त्यसलगत्तै नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्‍यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application